कीवर्डहरू -

आईओएसमा भिडियो कलका लागि ह्वाट्सएपको पिक्चर इन पिक्चर मोड सुविधा

आईओएसमा भिडियो कलका लागि ह्वाट्सएपको पिक्चर इन पिक्चर मोड सुविधा

ह्वाट्सएपले आइओएसको भिडियो कलका लागि पिक्चर इन पिक्चर मोड सार्वजनिक गरेको छ । ह्वाट्सएपले आइओएसका लागि २३.३.७७ भर्सन अन्तर्गत भिडियो कलका लागि पिक्चर इन पिक्चर मोड सार्वजनिक गरेको हो ।

यो फिचर मेटाले गत वर्ष देखि परिक्षण गर्दै आएको थियो । यस फिचरले गर्दा तपाईले ह्वाट्सएपमा भिडियो कल गर्दा गर्दै अरु एपहरु पनि प्रयोग गर्न सक्नु हुनेछ ।

यस २३.३.७७ भर्सनले डक्युमेन्ट पठाउँदा क्याप्सन सहित पनि पठाउन दिने गर्दछ । यस भर्सनमा अवतार पनि बनाउने मिल्ने छ, जसलाई स्टीकरको रुपमा वा च्याटमा प्रयोग गर्न सकिन्छ ।