कीवर्डहरू -

फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

फेसबुक र इन्स्टाग्राममा अब ब्लुटिकका लागि पैसा तिर्नुपर्ने

मेटाले फेसबुक र इन्स्टाग्राममा पेड फिचरको रुपमा मेटा भेरिफाइड सार्वजनिक हुने भएको छ । यो ट्वीटर ब्लुजस्तै सब्सिक्रिप्सन फिचर हो । मेटा भेरिफाइड फिचरले प्रयोगकर्ताहरुलाई ब्लु ब्याज दिनेछ ।

मेटा भेरिफाइड पाउनका लागि प्रति महिना १५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । यो फिचर दुवै आईओएस र एन्ड्रोइडका लागि उपलब्ध हुने भएको छ ।

यो फिचर १८ वर्ष पुगेका र त्यो भन्दा बढी उमेरकाले मात्रै प्राप्त गर्न सक्नेछन् । ब्लु ब्याज भएका प्रयोगकर्ताले स्टोरी तथा रिलमा प्रयोग गर्नका लागि भिन्न किसिमको स्टीकरहरु पनि पाउने छन् ।