कीवर्डहरू -

टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गर्ने 

टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गर्ने 

टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गरेको छ । टिकटकमाथि बारम्बार अमेरिकी सरकारले डेटा सुरक्षाको विषयमा प्रश्न उठाइरहेकै कारणले टिकटकले अमेरिकी अन्वेषकहरुसँग पनि डेटा सेयर गर्ने भएको हो ।

चर्चित सर्ट भिडियो एपले गत वर्ष देखिनै एपिआई जाँच गरिरहेको थियो र अब यो वर्ष देखि टिकटकले पारदर्शी हुनलाई अमेरिकी अन्वेषकहरुसँग पनि एपिआइ सेयर गर्ने भएको छ ।

टिकटकको डेटा व्यवस्थापन हेर्न इच्छुक भएका अन्वेषक तथा विश्वविद्यालयले यूएस डेटा सेक्युरिटी डिभिजनमा गएर दस्तावेज पेश गरेर जानकारी प्राप्त गर्न सक्नेछन् ।

टिकटकले बाह्य स्रोतहरुलाई पनि आफ्नो डेटा व्यवस्थापनमा प्रयोगकर्ताहरुको निजी गोपनीयतामा कुनै असर नपर्ने गरेको खुलाउन यो माध्यम प्रयोग गरेको हो । अमेरिकी सरकारले सुरक्षामा हनन हुने भनेर बारम्बार टिकटक माथि प्रतिबन्ध लगाइनुपर्छ भन्दै आएको छ ।