कीवर्डहरू -

अब युट्युबमा १०८० पि प्रिमियम गुणस्तरमा भिडियो हेर्न सकिने

अब युट्युबमा १०८० पि प्रिमियम गुणस्तरमा भिडियो हेर्न सकिने

अब युट्युबमा १०८० पि प्रिमियम गुणस्तरमा भिडियो हेर्न सकिने भएको छ । यसका लागि युट्युबले १०८० पि प्रिमियम प्लेब्याक अप्सनलाई परीक्षण गरिरहेको छ ।

यसले युट्युबमा भिडियोको गुणस्तरीयताका लागि नयाँ अप्सन थप्नेछ । यसले पहिलेको भन्दा भिन्नै र एकदमै गुणस्तरीय भिडियो क्वालिटी प्रदान गर्ने गर्दछ ।

यो फिचर अहिले थोरै मात्रै प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ । यसले भिडियोमा पिकसेल थप गरिदिने गर्दछ, जसकारण भिडियो थप गुणस्तरीय भएको महसुस हुने गर्दछ । यो फिचर पूर्ण रुपले सार्वजनिक भएको छैन् र अहिले परीक्षणकै अवस्थामा रहेको छ ।