कीवर्डहरू -

अब स्न्यापच्याटमा स्ट्रीक मेन्टेन गर्न बिर्सिए रिस्टोर गर्न मिल्ने

अब स्न्यापच्याटमा स्ट्रीक मेन्टेन गर्न बिर्सिए रिस्टोर गर्न मिल्ने

स्न्यापच्याटको पछिल्लो फिचरले स्ट्रीक मेन्टेन गर्न बिर्सिएमा स्ट्रीक ब्यालेन्स गर्न दिने भएको छ । यो फिचर एकपटकलाई स्ट्रीक मेन्टेन गर्न बिर्सिदा मात्रै प्रयोग गर्न सकिने छ ।

एकपटक भन्दा बढी स्ट्रीक रिस्टोर गर्नुपरेमा एपबाट हरेक पटक रिस्टोर गरेको एक डलर तिरेर स्ट्रीक रिस्टोर गर्न सकिन्छ । एप सुरुमा आउँदा धेरै प्रयोगकर्ताले आफ्नो दैनिक काम जसरी नै स्ट्रीक मेन्टेन गर्ने गर्दै आएका थिए ।

स्न्यापको यस फिचरको चर्चा अहिले अलि कम भएता पनि धेरैले अझै पनि मेन्टेन गर्ने गर्दछन् तर दैनिक कामले कहिलेकाँही बिर्सिदा हजारौँमा पुगेको स्ट्रीक हराउँदा दुःख लाग्छ, जसकारण यो फिचर सार्वजनिक भएको हो ।