कीवर्डहरू -

अब फेसबुक रिल्समा ९० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिने

अब फेसबुक रिल्समा ९० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिने

फेसबुकले रिल्समा ९० सेकेण्डसम्मको भिडियो राख्न मिल्ने फिचर सार्वजनिक गरेको छ । यस भन्दा पहिले फेसबुक रिल्समा १ मिनेटको भिडियो प्रयोगकर्ताहरुले अपलोड गर्न सक्थे तर फेसबुकले विभिन्न नयाँ फिचरहरु ल्याउने क्रममा भिडियो समयलाई पनि परिमार्जित गरेको छ ।

टिकटकको तूलनामा रिल्समा अझै पनि धेरैनै कम समय रहेको छ किनभने टिकटकमा १० मिनेटसम्मको भिडियो अपलोड गर्न पनि पाइन्छ जसकारण छोटो र लामो दुवै किसिमको कन्टेन्ट हेर्न रुचाउनेका लागि कन्टेन्ट उपलब्ध हुने गर्दछ  ।

यस्तो भन्दै गर्दा रिल्समा पनि ६० सेकेण्ड बाट ९० सेकेण्डको भिडियो बनाउन पाउनुलाई एक सकारात्मक परिवर्तनको रुपमानै लिन सकिन्छ । यसैगरि फेसबुकको मेमोरीले सहज तरिकाले रिल्स बनाउने फिचर समेत सार्वजनिक गरेको छ । यसले पहिलेको मेमोरीलाई जोडेर एउटा भिडियो जस्तै बनाउन दिन्छ ।