कीवर्डहरू -

फेसबुकको मोबाइल एपमा पुनः म्यासेन्जर जोडिने

फेसबुकको मोबाइल एपमा पुनः म्यासेन्जर जोडिने

फेसबुकले पुनः आफ्नो मोबाइल एपमा मेसेन्जर फिर्ता ल्याउने भएको छ । मेटाले नौ वर्ष अघिनै मेसेन्जरलाई फेसबुक मोबाइल एपबाट हटाइदिएको थियो र अब नौ वर्ष छि यो एप पुनः फेसबुकमा फिर्ता आउने भएको छ ।

अब फेसबुकबाट रिडाइरेक्ट भएर मेसेनजरमा नगइकनै एपमानै मेसेज हेर्न सकिने भएको छ । यसले प्रयोगकर्ताहरुलाई कनेक्ट हन् र सेयर गर्न झनै सहज पार्नेछ ।

सन् २०१४ मा मेटाले मेसेन्जरलाई फेसबुकबाट हटाउँदा मेसेन्जरलाई एकदमै राम्रो मेसेजिङ एप बनाउने लक्ष्यले यस्तो गरिएको बताएको थियो ।

टिकटकसँग प्रतिस्पर्धा गर्नका लागि फेसबुकले प्रयोगकर्ताहरुले धेरैसमय एपमै बिताउन भन्ने चाहन्छ, जसकारण म्यासेन्जरलाई पनि अब फेसबकुमै जोड्ने भएको हो ।