कीवर्डहरू -

स्पोटीफाइमा पनि सार्वजनिक भयो टिकटक जस्तै म्युजिक डिस्कभरी फिड

स्पोटीफाइमा पनि सार्वजनिक भयो टिकटक जस्तै म्युजिक डिस्कभरी फिड

स्पोटीफाइले टिकटक जस्तै म्युजिक डिस्कभरी फिड सार्वजनिक गरेको छ । यो तेर्साे किसिमको फिड रहेको छ र टिकटककै जस्तै फुल स्क्रीन लिने गर्दछ ।

यस फिचरलाई स्पटीफाईले गत वर्ष देखि बेटा जाँच गरिरहेको थियो । योसँगै स्पोटीफाईले होम डिजाइनलाई पनि परिमार्जित गर्ने भएको छ । यसले एपको भिजुअललाई बढाउने बताइएको छ ।

म्युजिक, पोडकास्ट र अडियोबुक सेक्सनमा पनि प्रयोगकर्ताहरुले टिकटक कै जसरी फुल स्क्रीनमा स्क्रोल गर्न सक्छन् । एपमा टिकटकमा जस्तै फिडमै सर्च बार पनि हुनेछ, जसले गीत वा अडियो खोज्न झनै सहज बनाउने गर्दछ ।