जमुनी अटो सेन्टरले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। स्लेनको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जमुनी अटोले सोही समारोहमा स्कुटर ईलेक्ट्रिक स्लेन सार्वजनिक गरेको हो ।
३५०० वाटको क्षमता भएको र ७२ भि ५२ एच ब्याट्री पावर भएको स्लेन ईलेक्ट्रिक स्क्टुर रातो, कालो, खैरो, सेतोसहित पाँचवटा आकर्षक रंगहरूमा उपलब्ध छन् ।
यो ईलेक्ट्रिक स्क्टुर नेपालकै अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको कम्पनीको दावी छ । यसको बजार मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
निकट भविष्यमै विद्युतीय अटोरिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनहरू र चार पाङ्ग्रे सवारीसाधनहरू पनि आफूहरुले भित्र्याउन लागेको कम्पनीले जनाएको छ ।
चीनमा निर्मित स्लेनका ईलेक्ट्रिक स्कुटरहरू लोकप्रियता र गुणस्तरका आधारमा चिनियाँ अटोमोबाइल्स बजारमा छैटौँ स्थानमा पर्दछन्। स्लेन ईलेक्ट्रिक स्क्टुरको ब्याट्री ६ वर्षसम्म ढुक्कैले चल्ने जमुनी अटो सेन्टरको भनाइ छ।