कीवर्डहरू -

नेटफ्लिक्सले अब टिभीमै सबटाइटल कस्टमाइज गर्न दिने

नेटफ्लिक्सले अब टिभीमै सबटाइटल कस्टमाइज गर्न दिने

नेटफ्लिक्सले अब टिभीमै सबटाइटल कस्टमाइज गर्न दिने भएको छ । यसभन्दा पहिले क्याप्सनलाई परिमार्जित गर्न ब्राउजरबाट आफ्नो अकाउन्टमा जानुपर्ने हुन्थयो तर अब टिभीमै यो सम्भव हुनेछ ।

प्रयोगकर्ताले सबटाइटलको फन्ट साइज स्वीच गर्ने वा स्याडो हाल्ने सबै टिभीबाटै गर्न सक्ने छन् । यो फिचर अमेजनको प्राएम भिडियो टिभी एप जस्तै चल्ने गर्दछ । तपाइले सानो, मिडियम र लार्ज तीन ओटा साइजमा फन्ट छान्न सक्नुहुन्छ ।

फन्टको चार ओटा स्टाइल समेत टिभी एपमा उपलब्ध रहेको छ । सबटाइटलले कुनै पनि अडियो बुझ्न थप सहज बनाउने हुँदा यो फिचर धेरैले प्रयोग गर्न थालेका छन् ।