कीवर्डहरू -

ट्वीटर जस्तै एप बनाउँदै मेटा

ट्वीटर जस्तै एप बनाउँदै मेटा

मेटाले ट्वीटर जस्तै एप बनाउने भएको छ । मनी कन्ट्रोल र प्ल्याटफर्मरका अनुसार मेटाले ट्वीटरकै जस्तै म्यास्टोडन एप सार्वजनिक गर्ने तयारी गरेको हो ।

यो एपको कोड नाम पि ९२ हुनेछ र यसले टेक्स्टमा आधारित अपडेटहरु पोस्ट गर्न दिनेछ । यसले ट्वीटरमा जसरी नै पोस्ट गर्न दिन्छ । यसलाई डिसेनट्रलाइज्ड सामाजिक सञ्जाल प्लेटफर्मको विकास गर्ने बताइएको छ ।

यसले समयसमयमा टेक्स्टकै रुपमा आफ्ना क्रियटरहरुलाई अपडेट दिन दिनेछ । पि ९२ ले इन्स्टाग्रामको ब्राण्डिङनै प्रयोग गर्नेछ र यसमा इन्स्टाग्रामकै क्रेडेन्सियल प्रयोग गरी लगइन गर्न सकिन्छ ।