कीवर्डहरू -

रिल्स क्रियटरहरुको बोनस पेआउट केही समयका लागि बन्द

रिल्स क्रियटरहरुको बोनस पेआउट केही समयका लागि बन्द

मेटाले रिल्स क्रियटरहरुका लागि बोनस पेआउटलाई केही समयका लागि रोकेको छ । कम्पनीले फेसबुक र इन्स्टाग्राममा केही समयका लागि रिल्स प्ले बोनस प्रोग्रामलाई रोकेको छ ।

यस प्रोग्रामले मासिक रुपमा प्रयोगकर्ताहरुले ३५ हजार डलर प्रति महिना कमाउन सक्ने भनिएको थियो । रिल्सलाई टिकटक भन्दा चर्चित बनाउनका लागि रिल्सले प्रयोगकर्ताहरुलाई पनि आकर्षक इन्सेन्टिभ दिने लक्ष्य राखेको थियो तर अहिले मेटाले यस प्रोग्रामलाई इभोल्भ गरिरहेको भन्दै केही समयका लागि रोकेको छ ।

इन्साइडरको अनुसार मेटाले अब क्रियटर प्रोग्राम मार्फत क्रियटरहरुलाई पैसा नदिई पुरानै विज्ञापनमार्फत भुक्तानी गर्न चाहन्छ जुन कारणले यो प्रोजेक्ट माथि पिन केह िसमय रोक लगाइएको हो ।