कीवर्डहरू -

ट्वीटरको पेड ब्लुटिक फिचर विश्वब्यापी रूपमा उपलब्ध, मासिक ८ डलर शुल्क

ट्वीटरको पेड ब्लुटिक फिचर विश्वब्यापी रूपमा उपलब्ध,  मासिक ८ डलर शुल्क

ट्वीटर अकाउन्टको पेड ब्लुटिक फिचर विश्वव्यापी रुपमा उपलब्ध भएको छ । ब्लु टिक फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताले अब मासिक ८ डलर तिर्नुपर्नेछ ।

ट्विटर पूर्ण रुपमा विज्ञापन दातामा भर नपर्ने भन्दै ट्वीटर ब्लु प्रयोगकर्ताले अब ८ डलर तिर्नुपर्ने भएको हो । यो सब्सक्रिप्सन फिचरमा रिप्लाई, मेन्सन गर्ने जस्तो फिचरमा प्राथमिकता पाइने ट्विटरको भनाइ छ ।

यसले प्लेटर्फममा स्पामको संख्या पनि घटाउने मस्कको भनाइ रहेको छ । व्यवसायहरुले गोल्ड चेकमार्क राख्न सकनेछन् ।

यसले ४००० क्यारेक्टरसम्मको ट्वीट समेत पोस्ट गर्न दिन्छ । अमेरिकामा मात्रै यो फिचर सार्वजनिक हुँदा १ लाख ८० हजार सब्सक्राइबरले ट्वीटर ब्लु खरिद गरेका थिए ।