कीवर्डहरू -

ट्विटरले हटायो द न्यू योर्क टाइम्सको ब्लुटिक, भेरिफाई गर्न पैसा नतिर्ने

ट्विटरले हटायो द न्यू योर्क टाइम्सको ब्लुटिक, भेरिफाई गर्न पैसा नतिर्ने

द न्यू योर्क टाइम्सले भेरिफाइ हुनका लागि ट्वीटरलाई भुक्तानी नगर्ने भनेपिछ ब्लु टिक गुमाएको छ । एक अप्रिल देखि मासिक सब्सिक्रिप्सन लिनेलाई मात्रै ब्लु टिक दिने भनेको कम्पनीले भुक्तानी नगरेका सबै प्रयोगकर्ताको ब्लु टिक हटाईरहेको छ ।।

त्यसैअनुसार ट्वीटरले न्यू योर्क टाइम्सले पनि ब्लु टिक हटाएको छ । न्यू योर्क टाइम्ससहित थुप्रै अरु संस्थाहरुले पनि ब्लु टिकका लागि सब्सिक्रिप्सन नलिने भनिरहेका छन् ।

ट्वीटरमा ५५ मिलियन फलोअर भएको न्यू योर्क टाइम्सको अकाउन्टले ब्लु टिक गुमाएको हो । यहीसँगै संस्थाले आफ्नो पत्रकारहरुको ब्लु टिक अकाउन्टका लागि पनि भुक्तानी नगर्ने बताएको छ ।

यसपश्चात ट्वीटरका सिईओ एलन मस्कले न्यू र्याक टाइम्सले प्रोपाग्यान्डामा काम गर्ने र न्यू योर्क टाइम्सको सामग्रीहरु खासै रोचक पनि नभएको ट्वीट गरेका थिए ।

यसैमा थप गर्दै मस्कले न्यू योर्क टाइम्सको फिड ट्वीटरलाई 'झाडापखाला लागेको जस्तो भर्सन' भएको समेत भनेका  थिए ।

यसविषयमा ट्वीटर वा न्यू योर्क टाइम्सको आधिकारिक टिप्पणी केही पनि आएको छैन् । ट्वीटरमा ब्लु टिक पाउन एक व्यक्तिले मासिक ८ डलर र संस्थाले गोल्ड टिक पाउनका लागि मासिक १ हजार डलर भुक्तानी गर्नुपर्ने हुन्छ ।