कीवर्डहरू -

अब फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दा गर्दै मल्टिप्लेयर गेम खेल्न सकिने

अब फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दा गर्दै  मल्टिप्लेयर गेम खेल्न सकिने

अब फेसबुक मेसेन्जरले भिडियो कल गर्दागर्दै मल्टिप्लेयर गेमहरु खेल्न दिने भएको छ । यसले आफ्नो साथीभाइसँग बोल्दै वा गेममा के भईरहेको छ भनेर कुरा गर्दै गेम खेल्न दिनेछ ।

भिडियो कल गेमिङ फिचर आइओएस, एन्ड्रोइड र वेबमा उपलब्ध रहेको छ । गेममा द वर्डस विथ फ्रेन्ड्स, मिनी गोल्फ एफआरभिआर, काड्र्र पार्स र एक्स्प्लोडिङ किटेनस जस्ता खेलहरु रहेका छन् ।

यी गेममा कम्तिमा पनि दुई जना खेलाडी हुनुपर्छ । यसका लागि मेसेन्जरमा कल सुरु गरेर ग्रुप मोड बटनमा थिच्नुपर्छ र प्ले आइकनमा क्लिक गर्नुपर्ने हुनछ । अब लाइब्ररीमा उपलब्ध गेमहरुलाई ब्राउज गर्न सकिन्छ ।