कीवर्डहरू -

बालबालिकाको डेटा दुरुपयोग गरेको भन्दै टिकटकलाई १५.८ मिलियन डलर जरिवाना

बालबालिकाको डेटा दुरुपयोग गरेको भन्दै टिकटकलाई १५.८ मिलियन डलर जरिवाना

बेलायतको गोपनीयता व्यवस्थित गर्ने प्रशासनले टिकटकलाई बालबालिकाको डेटा दुरुपयोग गरेको भन्दै १५.८ मिलियन डलरको जरिवाना तिराएको छ ।

टिकटकले थुप्रै टेटा सुरक्षा कानूनलाई उल्लंघन गरेको बेलायती प्रशासनको गुनासो रहेको छ र यसका लागि टिकटकले १५.८ मिलियन डलरको जरिवाना तिनुपर्ने हुन्छ ।

सन् २०२० मा टिकटकले तेह्र वर्ष मुनिका १.४ मिलियन बालबालिकालाई टिकटक प्रयोग गर्न दिएको थियो र यो एपको आफ्नै नीति विरुद्धमा रहेको छ ।

इन्फर्मेसन कमिसनर अफिसका अनुसार सूचना सामाजिक सेवा (आइसिओ) दिने कम्पनीहरुले १३ वर्ष मुनिका बालबालिकाको लागि अभिभावकबाट स्वीकृति लिनुपर्ने हुन्छ तर टिकटकले १.४ मिलियन बालबालिकालाई अभिभावकको स्वीकृति बिनानै टिकटक प्रयोग गर्न दिईरहेको थियो ।

वरिष्ठ कर्मचारीहरुले यसबारेमा गुनासो गर्दा पनि टिकटकले उमेर नपुगेको बालबालिका खोजेर एपबाट हटाउन कुनै प्रयत्न नगरेको बेलायती प्रशासनको भनाइ छ ।

टिकटकले ती प्रयोगकर्ताको डेटा पनि पारदर्शी रुपमा प्रोसेस नगरेको भन्ने पनि आइसिओको ठहर छ । यी सबै कारणले टिकटकले जरिवाना तिर्नुपर्ने बताइएको हो ।