कीवर्डहरू -

करिब ३ वर्षदेखि निष्क्रिय रहेको प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सक्रिय

करिब ३ वर्षदेखि निष्क्रिय रहेको प्रधानमन्त्री कार्यालयको फेसबुक पेज पुनः सक्रिय

करिब ३ वर्षदेखि निष्क्रिय रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको भेरिफाइड फेसबुक पेज पुनः सञ्चालनमा आएको छ ।

सन् २०२० अप्रिलदेखि निष्क्रिय रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको फेसबुक पेज पुनः सक्रिय भएको हो ।

सन् २०२० अप्रिल ९ मा कोरोना महमारी सम्बन्धि स्वास्थ्य मन्त्रालयले गर्ने मिडिया ब्रिफिङ शेयर भएयता उक्त पेज निष्क्रिय थियो ।

प्राविधिक कारणवस विगत दुई वर्षदेखि बन्द रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको फेसबुक पेज पुनः सञ्चालनमा ल्याएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

सार्वजनिक सेवामा जनताको सहज पहुँच सुनिश्चित गर्न तथा सुसुचित गर्न सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेकोमा यो फेसबुक पेजमार्फत् जनता र सरकारबीचको सम्बन्ध समेत बलियो हुने सरकारको विश्वास छ ।

पेजकाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत नेपाल सरकारका विभिन्न गतिविधि, सूचना सामग्रीलगायत नियमित सम्प्रेषण हुनेछन् ।

प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयहरूले फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरू प्रयोग गर्ने गरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ । उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउने छ ।