कीवर्डहरू -

एआईको आलोचना गर्ने मस्कले खोले आफ्नै एआई कम्पनी

एआईको आलोचना गर्ने मस्कले खोले आफ्नै एआई कम्पनी

एलन मस्कले आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई कम्पनी खोलेका छन् । पछिल्लो समय मस्क एआईको आलोचना गर्दै आएका थिए तर अब भने उनले आफ्नै एआई कम्पनी खोलेका छन् ।

मस्कले खोलेको एआई कम्पनीको नाम एक्स डट एआइ कर्प हो । यस कम्पनीको निर्देशकको रुपमा मस्क मात्रै रहेका छन् ।

एक्स अक्षरसँग मस्कको एकदमै लगाव देखिन्छ । किनभने उनले हालै ट्वीटर इन्कलाई एक्स कर्पको नाम दिएका छन् । मस्क पहिले पनि एआईमा काम गरिसकेका छन् ।

च्याटजीपीटी निर्माण गर्ने कम्पनी ओपनएआईका मस्क सह-संस्थापक थिए । तर च्याटजीपिटीको लोकप्रिता बढेपछि मस्क आफैले अमेरिकी सरकारलाई एक खुला चिठी लेख्दै ६ महिना रोक लगाउनु पर्ने बताएका थिए ।

उनले च्याटजीपीटी राजनीतिक रुपले पूर्वाग्रही रहेको पनि बताएका थिए तर अब भने उनले आफ्नै कम्पनी खोलेका छन् ।

मस्कले हालै एआईका लागि १० हजार जिपियू खरिद गरेका थिए, जसले गर्दा उनको एआइको क्षेत्रको काम तिव्र रुपले अघि बढिरहेको बुझ्न सकिन्छ ।