कीवर्डहरू -

अब इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक राख्न पाइने

अब इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटासम्म लिंक राख्न पाइने

अब इन्स्टाग्रामको प्रोफाइलमा पाँच ओटा लिंक जोड्न पाइने भएको छ । अहिलेसम्म इन्स्टाग्राममा एउटा मात्रै लिंक राख्न सकिन्थ्यो तर अब भने पाँच ओटा लिंक सम्म राख्न सकिने भएको हो ।

यो फिचर सबैभन्दा धेरै मागमा रहेको इन्स्टाग्रामको सिइओ मार्क जुकरबर्गले बताएका छन् । प्रयोगकर्ताले इन्स्टाग्रामको प्रोफाइलमा रहेको एडिट प्रोफाइल फिचरमा गएर लिंक हाल्न सक्नेछन् ।

यो फिचर रोल आउट हुँदै गर्दा मेटाले तपाईलाई आफ्नो प्रोफाइलमा विभिन्न लिंकहरु हाल्न सुझाव दिनेछ । अहिलेसम्म प्रयोगकर्ताहरुले लिंकलाई एकैठाउँमा इमबेड गरेर एउटा लिंक प्रोफाइलम हाल्ने गरेका थिए ।

यसका लागि लिंकट्री जस्तो विभिन्न थर्ड पार्टी एपहरु प्रयोग गर्नुपर्ने हुन्थ्यो तर अब प्रयोगकर्ताहरु यो झन्झटबाट बच्नेछन् । अब पाँच ओटासम्म लिंक हाल्न पाउँदा धेरै ओटा विषयहरु एकैपटक समावेश गर्न सकिन्छ ।