स्नापच्याटले च्याटजीपीटीद्वारा पावर गरिएको माइ एआई सेवा सबै प्रयोगकर्ताका लागि सार्वजनिक गर्ने भएको छ । यो फिचर अहिले स्न्यापच्याट प्लस सब्सक्राइबरका लागि मात्रै उपलब्ध रहेको थियो ।
तर अब यो इन एप च्याटबट विश्वव्यापी रुपमा सार्वजनिक हुने कम्पनीले जनाएको छ । यस च्याटबटले स्नापम्यापको आधारमा रेष्टुरेन्ट तथा अरु क्रियाकलापहरु गर्ने ठाँउ कता छ भनेर खोज्न दिन्छ । तपाईलाई कुन अगुमेन्टेड लेन्सले सुहाउँछ भनेर पनि माई एआईले सुझाव दिने गर्दछ ।
प्रयोगकर्ताहरुले यस एआईलाई ग्रुप च्याटमा जोडेर कुराकानी समेत गर्न सक्छन् । सिमित प्रयोगकर्ताले यो च्याटबट पाएपनि यो प्रयोगकर्ता माझ एकदमै चर्चित रहेको छ । स्न्यापच्याटबाट दैनिक २० लाख च्याट म्यासेजहरू आदानप्रदान हुने गर्दछन् ।
धेरैले मनपराय पनि माई एआईको बारेमा थुप्रै आलोचनाहरु पनि आएका छन् किनभने यसले किशोरकिशोरीहरुलाई अभद्र र अनैतिक कुराकानी तथा सुझाव दिएको थियो । यो चलाउँदा रमाइलो भएकाले धेरैले माई एआई चलाउन थालेका हुन् ।