कीवर्डहरू -

मौसम परिवर्तनबारे गलत जानकारी दिने भिडियोहरु हटाउँदै टिकटक 

मौसम परिवर्तनबारे गलत जानकारी दिने भिडियोहरु हटाउँदै टिकटक 

टिकटकले मौसम परिवर्तनबारे गलत जानकारी दिने भिडियोहरु हटाइरहेको छ । टिकटकले कम्युनिटी गाइडलाइनमा गलत जानकारी फैलाउने भिडियोहरु पोस्ट गर्न नपाइने बनाएको छ र यो नीति अप्रिल २१ देखि कार्यान्वयन भएको हो ।

मौसम परिवर्तनबारे वैज्ञानिक तथ्यमा आधारित भएर भने भिडियो बनाउन सकिनेछ । यो नीति बनाउनका लागि टिकटकले युनाइटेड नेसनसँग सहकार्य गरेको छ । एआइबाट पनि यस्तो किसिमको कन्टेन्ट पोस्ट भएमा टिकटकले फिल्टर गर्नेछ ।

सन् २०२२ मा न्यूजगार्डमा रहेका अन्वेषकहरुले टिकटकमा एकदमै धेरै मौसम परिवर्तनबारे गलत जानकारी रहेको पत्ता लगाएपछि टिकटकले यो नीति ल्याउन बाध्य भएको हो ।