कीवर्डहरू -

ह्वाट्सएपद्वारा \'किप इन च्याट\' फिचर सार्वजनिक

ह्वाट्सएपद्वारा \'किप इन च्याट\' फिचर सार्वजनिक

ह्वाट्सएपले किप इन च्याट फिचर सार्वजनिक गरेको छ । यस फिचरले डिस्अपियरिङ थ्रेडमा रहेको मेसेजहरुलाई पनि सेभ गर्न दिने गर्दछ । डिस्अपियरिङ थ्रेडमा रहेको मेसेजहरु एकचोटि हेरेपछि गायब हुने गर्दछ तर किप इन च्याट फिचरले यस्तो हराउने मेसेजलाई पनि सेभ गरेर राख्न दिन्छ ।

यो फिचर स्नापच्याटको जस्तै रहेको छ । यस फिचरमा पनि स्नापच्याटकै जस्तै तपाईले मेसेज सेभ गरेको भनेर नोटिफिकेसन जाने गर्दछ । त्यो मेसेज सेभ गर्न दिने कि नदिने भनेर पनि मेसेज प्रेषकमै आधारित हुन्छ र नदिएमा टाइमरको समय सकिएपछि मेसेज डिलिट हुेन गर्दछ ।

सेभ गरिएको मेसेजको छेउमा बुकमार्क आइकन आउने गर्दछ । सबै सेभ गरेको मेसेजहरु केप्ट मेसेज फोल्डरबाट प्राप्त गर्न सकिन्छ जहाँ च्याटको अनुसारले मेसेजहरुलाई व्यवस्थित गर्ने गरिन्छ ।