कीवर्डहरू -

डिजाइनिङ र थ्रीडी प्रिन्टिङको माध्यमबाट छोरीका लागि कपडा बनाउँदै मेटाका सिइओ जुकरबर्ग

डिजाइनिङ र थ्रीडी प्रिन्टिङको माध्यमबाट छोरीका लागि कपडा बनाउँदै मेटाका सिइओ जुकरबर्ग

मेटाका सीईओ मार्क जुकरबर्गले डिजाइनिङ र थ्रीडी प्रिन्टिङको माध्यमबाट कपडा कसरी बनाउने भनेर सिकिरहेका छन् । उनले आइतबार (३० अप्रिल) मा सामाजिक सञ्जालको फेसबुक र इन्स्टाग्राम पोस्टमार्फत यसबारे जानकारी दिएका हुन् ।

\"\"

मार्क जुकरबर्गले आफूले बनाएको लुगाका केही तस्बिरहरू सेयर गर्दै लेखेका छन्, ‘मलाई चीजहरू बनाउन मन पर्छ र भर्खरै छोरीहरूसँग थ्रीडी प्रिन्टिङ ड्रेस बनाउन थालेको छु । पछिल्ला केही महिनाका परियोजनाहरू... (र हो, म सिलाउन सिकेरै छाड्नेछु )’।

\"\"

जुकरबर्गले सेयर गरेको तस्विरमा उनकी छोरीले थ्रीडी प्रिन्टिङबाट बनेको पोशाक लगाएको देख्न सकिन्छ । यसअघि जुकरबर्गले गत वर्ष थ्रीडी प्रिन्टिङबाट तयार पारेको सुटको तस्बिर सेयर गरेका थिए ।