कीवर्डहरू -

डेस्क्टप एनिमेट गरेको इमोजी ल्याउँदै ह्वाट्सएप

डेस्क्टप एनिमेट गरेको इमोजी ल्याउँदै ह्वाट्सएप

ह्वाट्सएपले डेस्क्टप एपका लागि एनिमेट गरेको इमोजी फिचर ल्याउने भएको छ । ह्वाट्सएपले डेक्स्टप एपको बेटा भर्सनमा एनिमेट गरेको इमोजी फिचर ल्याउने गरी काम गरिरहेको जानकारी बाहिर आएको हो ।

वाबेटा इन्फोले सार्वजनिक गरेको जिआईएफमा ईमोजी एनिमेसनको रुपमा देख्न सकिन्छ । एनिमेसन भर्सनमा इमोजीहरु उफ्रिने र घुम्ने गर्दछन् ।

कुनै इमोजीको एनिमेट भर्सन अँएपछि तपाईले स्टाटिक इमोजी पठाएता पनि आफै हल्लिने इमोजी सेयर हुनेछ । एनिमेटेड  भर्सनलाई बन्द गर्न मिल्छ की मिल्दैन भनेर अहिले सम्म कुनै जानकारी आएको छैन् ।

यी इमोजीहरुको थोरै फाइल साइज समेत हुनेछ । यसले च्याट फिचरलाई पनि धेरै हदसम्म रमाइलो बनाउन मद्दत पुर्याउने बताइएको छ ।