कीवर्डहरू -

ह्वाट्सएपमा स्प्याम कल पहिचान गर्ने फिचर आउँदै, ट्रुकलरसँग साझेदारी

ह्वाट्सएपमा स्प्याम कल पहिचान गर्ने फिचर आउँदै, ट्रुकलरसँग साझेदारी

ह्वाट्सएप चाँडै नै नक्कली र स्प्याम कलहरू (भिडियो/अडियो दुवै) पहिचान गर्न एपमा नयाँ सुविधा थप्न गइरहेको छ । यसका लागि इन्स्ट्यान्ट मेसेजिङ एपले कलर पहिचान सेवा उपलब्ध गराउन ट्रुकलरसँग साझेदारी गरेको छ ।

मिडिया रिपोर्टका अनुसार यो फिचरले ह्वाट्सएप प्रयोगकर्ताहरूलाई इन्टरनेटमार्फत आउने नक्कली, स्प्याम र कलहरू पहिचान गर्न मद्दत गर्नेछ ।

नयाँ सुविधा ह्वाट्सएपमा भिडियो र अडियो कल दुवैका लागि उपलब्ध हुनेछ । हाल, ट्रुकलरमा प्रयोगकर्ताहरूले आफ्ना टेलिकम सेवा प्रदायकहरू मार्फत प्राप्त गर्ने कलहरू मात्र पहिचान गर्न सक्छन् ।

मे महिनाको अन्त्यसम्ममा यो सुविधा सबैका लागि उपलब्ध हुनेछ । ट्रुकलरका प्रमुख कार्यकारी अधिकृत एलन मामेदीले यो फिचर हाल बेटा परीक्षणमा रहेको बताएका छन् ।

यो सुविधा मे महिनाको अन्त्यसम्ममा विश्वव्यापी रूपमा रोल आउट हुनेछ । यद्यपि, उनले यो सुविधाको रोल आउटको बारेमा कुनै निश्चित मिति भने दिएका छैनन् ।

ट्रुकलरको २०२१ को रिपोर्ट अनुसार धेरै देशहरूमा टेलिमार्केटिंग र स्प्याम कलहरूको संख्या लगातार बढिरहेको छ । यसैलाई नियन्त्रण गर्नका लागि यो साझेदारी गरिएको हो ।  ट्रुकलरका विश्वभर ३५०  मिलियन प्रयोगकर्ताहरू छन् ।