कीवर्डहरू -

अब ट्वीरमै भ्वाइस र भिडियो कल फिचर ल्याउने एलन मस्कको घोषणा

अब ट्वीरमै भ्वाइस र भिडियो कल फिचर ल्याउने एलन मस्कको घोषणा

एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेसँगै लगातार विभिन्न परिवर्तनहरु गरिरहेका छन् । मस्कले कहिले ट्वीटरको लोगो नै परिवर्तन गरिदिएका छन् त कहिले ब्लूटिकमा पैसा तिर्ने प्राबधान राखिदिएका छन्।

यसले ट्वीटरमा गरिएका कतिपय परिवर्तनहरु मन नपरेर मस्क प्रयोगकर्ताको तीव्र आलोचनाको शिकार भन्दै आएका छन्। तर केही परिवर्तनले भने प्रयोगकर्ताले सकारात्मक प्रतिक्रिया पनि दिँदै आएका छन् ।

यसैबीच मस्कले पछिल्लो पटक ट्वीटरका प्रयोगकर्ताको लागि भने गज्जब खालको घोषणा गरेका छन् ।उनका अनुसार अब ट्वीटरमा डाइरेक्ट मेसेज अर्थात् डिएम फिचरमा आउँदैछ ।

यस अन्तर्गत प्रयोगकर्ताले डिएमभित्र डिएम रिप्लाइज फिचर थपिनेछ। यसबाट प्रयोगकर्ताले आफ्नो ट्वीटरमा कसैले पठाएको डाइरेक्ट मेसेजको जवाफ दिन सक्दछन् । यसले ट्वीटरमा हुने संवादलाई सरल तथा सहज बनाउनेछ ।

अहिले ट्वीटरको डिएममा कुनैपनि खास मेसेजलाई नै थिचेर त्यसको मात्र रिप्लाई दिन सकिने सुविधा छैन र सोलोडोलो डिएममै जवाफ लेख्नु पर्दछ ।

यसका साथै ट्वीटरको डिएममा इमोजी छान्ने नयाँ टुल पनि थपिएको छ । जसबाट प्रयोगकर्ताले डिएममा सहजै इमोजी छानेर पठाउन सक्दछन् ।

यस विषयमा ट्वीट मार्फत् जानकारी गराउँदै एलन मस्कले अब निकट भविष्यमै डिएममा हुने संवादहरु इनक्रिप्सन मार्फत् सुक्षित हुने पनि बताएका छन् । जसका कारण तेस्रो पक्षले ट्वीटरमा हुने संवाद हात पार्न सक्नेछैन ।

एलन मस्कले अर्को सबैभन्दा महत्वपूर्ण घोषणा पनि गरेका छन्। जसअनुसार अब ट्वीटरमा निकट भविष्यमै भ्वाइस तथा भिडियो कल पनि गर्न सकिनेछ । मस्कले भनेका ट्वीट गर्दै लेखेका छन्, ‘यो फिचरसँगै अब मानिसहरुले आफ्नो फोन नम्बर नदिइकनै ट्वीटरबाटै विश्वको जुनसुकै ठाउँका अन्य व्यक्तिसँग कुराकानी गर्न सक्नेछन् ।’

With latest version of app, you can DM reply to any message in the thread (not just most recent) and use any emoji reaction.

Release of encrypted DMs V1.0 should happen tomorrow. This will grow in sophistication rapidly. The acid test is that I could not see your DMs even if…

— Elon Musk (@elonmusk) May 9, 2023