कीवर्डहरू -

को बन्ला ट्विटरको नयाँ सीईओ ?

को बन्ला ट्विटरको नयाँ सीईओ ?

ट्विटरले नयाँ सीईओ पाउने भएको छ । यसअघि सीईओको भूमिका सम्हाल्दै आएका ट्विटरका मालिक समेत रहेका यसको जानकारी दिएका हुन् ।

ट्विटरमा एक ट्विट गर्दै मस्कले नयाँ सीईओ नियुक्त गर्न लागेको जानकारी दिएका हुन् । नयाँ सीईओमा महिला नियुक्त हुँदै छिन् । उनले करिब ६ हप्ता पछि प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्ने छिन् ।

वाल स्ट्रिट जर्नलले आफ्नो रिपोर्टमा एलन मस्कले कमकास्ट एनबीसी युनिभर्सलका विज्ञापन प्रमुख लिन्डा याकारिनोसँग ट्वीटरको सिइओ पदभार सम्हाल्नका लागि कुरा गरेको बताएको छ तर यो मस्कले भने सीओओ को हुन लागेको हो भनेर खुलाएका छैनन् ।

मस्कले ट्वीटर खरिद गरेदेखिनै कम्पनीको सिइओ पदभार आफैँले सम्हाल्दै आएका छन् । आफू कम्पनीको स्थायी सीईओ नभएको कुरामा जोड दिदै पनि आएका छन् ।

नयाँ सीईओ आएसँगै मस्कको ट्वीटरको कार्यकारी अध्यक्ष र प्रमुख प्रविधि अधिकृतको रूपमा आफ्नो भूमिका जारी राख्ने भनाइ छ ।

Excited to announce that I’ve hired a new CEO for X/Twitter. She will be starting in ~6 weeks!

My role will transition to being exec chair & CTO, overseeing product, software & sysops.

— Elon Musk (@elonmusk) May 11, 2023