कीवर्डहरू -

ह्वाट्सएपमा च्याट लक फिचर रोल आउट हुँदै

ह्वाट्सएपमा च्याट लक फिचर रोल आउट हुँदै

मेटाको लोकप्रिय मेसेजिङ्ग एप ह्वाट्सएपमा च्याट लक गर्न सकिने गरी नयाँ अपडेट आउन लागेको छ ।प्रयोगकर्ताको सुरक्षा र गोपनीयताका लागि ह्वाट्सएपले नयाँ फिचर ल्याउन लागेको हो ।

यो सुविधाको मद्दतले अब प्रयोगकर्ताहरूले व्यक्तिगत च्याटहरू लक गर्न र तिनीहरूलाई कडा सुरक्षामा राख्न सक्षम हुनेछन् ।

ह्वाट्सएपले आफ्नो ब्लग पोस्टमा च्याट लक सुविधा प्रयोगकर्ताको व्यक्तिगत र घनिष्ट च्याटहरू सुरक्षित गर्न ल्याइएको बताएको छ ।

च्याट लक सुविधाको सहायताले प्रयोगकर्ताले कुनै खास प्रयोगकर्ता वा समूहको च्याट लक गर्न सक्नेछन् । यस फिचरको सहायताले प्रयोगकर्ताले नियमित च्याटबाट अलग–अलग आफ्ना विशेष सम्पर्क र समूहलाई सूचीकृत गर्न सक्नेछन् ।

च्याट लकको सहायताले कुनै विशेष सम्पर्कको सन्देश सूचना प्यानलबाट लुकाउन सकिन्छ । च्याटहरू बायोमेट्रिक, पिन र पासवर्डको साथ लक गर्न सकिन्छ ।

यसरी तपाईं च्याट लक प्रयोग गर्न सक्नुहुन्छ

च्याट लक प्रयोग गर्न, ह्वाट्सएप अपडेट गर्नु आवश्यक हुन्छ । ह्वाट्सएप अपडेट गरेपछि फोनमा एप खोल्नु पर्छ ।
च्याट लक गर्ने सम्पर्क वा समूहलाई च्याट सूचीबाट चयन गर्नुपर्छ ।

यसपश्चात सम्पर्क वा समूहको च्याट विन्डो खोल्नु होस् र च्याट विन्डोमा व्यक्ति वा समूहको नाममा ट्याप गर्नुहोस् ।

त्यहाँ तपाइले च्याट लक फिचर देख्न सक्नुहुनेछ र सुविधा प्रयोग गर्न, टगल अन गर्नुपर्छ । यो नयाँ फिचर अझै रोल आउटकै अवस्थामा छ ।