कीवर्डहरू -

 एन्ड्रोइडका लागि ह्वाट्सएपमा विभिन्न नयाँ अपडेट सार्वजनिक

 एन्ड्रोइडका लागि ह्वाट्सएपमा विभिन्न नयाँ अपडेट सार्वजनिक

मेटाको लोकप्रिय प्लेटफर्म ह्वाटसएपमा केही ठूला अपडेटहरू आएका छन् । हालै, कम्पनीले आफ्ना प्रयोगकर्ताहरूका लागि च्याट लक सुविधा रोल आउट गरेको छ । त्यस्तै अब नयाँ अपडेट एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि उपलब्ध गराइएको छ ।

यसअन्र्तगत ह्वाट्सएपले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ इन्टरफेस डिजाइन फिचर ल्याएको छ । कम्पनीले अब आईओएसमा पाइने कन्ट्याक्ट मेनुलाई एन्ड्रोइडमा दिने भएको छ ।

यो नयाँ सुविधा भर्खरै बेटा परीक्षकहरूको लागि मात्र रोल आउट गरिएको छ । ह्वाट्सएपको हरेक अपडेटको निगरानी गर्ने वेबसाइट वाबेटाइन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएपले बेटा प्रयोगकर्ताहरूका लागि एन्ड्रोइड २.२३.१०.६ अपडेट रोल आउट गरेको छ ।

यस अपडेटका कारण, प्रयोगकर्ताहरूले नयाँ इन्टरफेस प्रयोग गरेर च्याट गर्न सक्छन् । कम्पनीले मेनुलाई पुनः डिजाइन गर्दा, केहि नयाँ अपडेटहरू पनि चाँडै जारी गर्नेछ ।