कीवर्डहरू -

ट्वीटरमा प्रोपागान्डा अकाउन्टको सङ्ख्या तिव्र

ट्वीटरमा प्रोपागान्डा अकाउन्टको सङ्ख्या तिव्र

एलन मस्कले ट्वीटरमा भ्रमपूर्ण सूचना हटाउने कर्मचारीहरुलाई हटाएपछि गरेपछि रुसी र चिनियाँ राष्ट्रिय प्रोपागान्डा अकाउन्टहरु एकदमै बढेका छन् ।

हटाएका कर्मचारीले भ्रामक सूचना फैलाउने रुस, चीन र इरानको अकाउन्टहरुलाई डिलिट गर्दै आएका थिए तर ट्वीटरले ती कर्मचारीलाई हटाएपछि सरकार समर्थित अकाउन्टहरु बढेका हुन् ।

ट्वीटरमा विभिन्न देशले प्रभाव पार्न खोजिरहेको धेरै प्रयोगकर्ताहरूले महसुस गरेको बिबिसीलाई बताएका छन् । बिबिसिसँगको अन्तर्वातामा मस्कले ट्विटर किनेपछि प्लेटफर्ममा गलत जानकारी भन्दा बढी सही जानकारी प्रवाह भइरहेको ठहर गरेका थिए ।

प्लेटफर्ममा मानवले गर्ने फिल्टर नभएका कारण प्लेटफर्मको गुणस्तरीयतामा समस्या आईरहेको धेरै प्रयोगकर्ताहरुको गुनासो रहेको छ ।