कीवर्डहरू -

अब इन्स्टाग्राममा जीआईएफ पनि कमेन्ट गर्न सकिने 

अब इन्स्टाग्राममा जीआईएफ पनि कमेन्ट गर्न सकिने 

मेटाको लोकप्रिय प्लेटफर्म इन्स्टाग्राममा नयाँ अपडेट आएको छ । इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको लागि एपको अनुभव सुधार गर्न नयाँ सुविधा थपेको हो।

नयाँ सुविधा जीआईएफ सँग सम्बन्धित छ । कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई पोस्टहरूमा कमेन्ट गर्न र रिलहरू सिर्जना गर्न जिआएफ सुविधा थपेको छ ।

अब प्रयोगकर्ताहरूले पोस्टमा कमेन्ट गर्न, जीआईएफ प्रयोग गर्न सक्छन् । यससँगै अब रिल बनाउँदा पनि जीआईएफ प्रयोग गर्न सकिन्छ ।

अहिलेसम्म चर्चित फोटो तथा भिडियो सेयरिङ एप मेटाले पोष्टमा कमेन्ट गर्नको लागि टेक्स्ट र इमोजी मात्र उपलब्ध गराएको बताइएको छ ।

यद्यपि, कम्पनीले केही प्रयोगकर्ताहरूका लागि जीआईएफ फिचर यसअघि नै रोलआउट गरिसकेको थियो तर अब यो फिचर विश्वव्यापी रूपमा रोलआउट गरिएको छ ।

नयाँ सुविधा प्रयोग गर्न सजिलो हुनेछ । पोस्टमा कमेन्ट गर्न, प्रयोगकर्ताले कमेन्ट सेक्सन खोल्नु पर्ने हुन्छ । यहाँ, पोस्टमा कमेन्ट गर्दा, जिआएफ बटनमा ट्याप गरेर जिआएफ कमेन्ट गर्न सकिन्छ ।