कीवर्डहरू -

मेटाद्वारा आफ्नै कस्टम चिप सार्वजनिक

मेटाद्वारा आफ्नै कस्टम चिप सार्वजनिक

मेटाले आफ्नै कस्टम चिप सार्वजनिक गरेको छ । मेटाले आफ्नो ब्लग पोष्टमा मेटा प्रशिक्षण र आविष्कार एक्सेलेरेटर (एमटीआईए) कार्यक्रम अन्तर्गत २०२० मा पहिलो पुस्ताको चिप डिजाइन गरेको खुलाएको हो ।

रोयटर्सको पहिलो रिपोर्ट अनुसार कम्पनीले आफ्नो पहिलो इन–हाउस एआई चिप ठूलो मात्रामा सक्रिय गर्ने योजना बनाएको थिएन । ब्लग पोस्टले पहिलो एमटिआइए चिपलाई सिक्ने अवसरको रूपमा चित्रण गरेको छ ।

मेटाले जेनेरेटिभ एआई र मेटाभर्स जस्ता क्षेत्रहरूमा अगाढि बढ्नको लागि नयाँ एआई पूर्वाधारको विकास गरिरहेको छ ।

एमटिआइए एक आन्तरिक, कस्टम एक्सेलेरेटर चिप हो । यसले सिपियू भन्दा बढी कम्प्युट पावर र दक्षता प्रदान गर्ने दाबी गरिएको छ । कम्पनीको आन्तरिक कार्यभारको लागि अनुकूलित गरिएको छ ।

मेटाका अनुसार, दुबै एमटिआइए चिप्स र जीपीयूले यसलाई सुधारिएको डिस्प्ले, फास्ट स्पीड, र प्रत्येक कार्यभारको लागि अधिक दक्षता प्रदान गर्न मद्दत गर्दछ ।

एमटिआइएलाई कम्पनीको एआइ डाटा सेन्टरद्वारा निर्माण गरिएको छ, जसले अवस्थित उत्पादनहरूलाई मात्रै सपोर्ट नगरेर भविष्यको पुस्ताको एआइ हार्डवेयरलाई प्रशिक्षणका लागि पनि सक्षम बनाउँनेछ ।