कीवर्डहरू -

डट एनपी डोमेनका लागी निशुल्क होस्टिङ

डट एनपी डोमेनका लागी निशुल्क होस्टिङ

\"\" काठमाडौं। हाेस्टिङ सेवाले डट.एनपी डाेमेनकाे लागि निशुल्क अनलिमिटेड हाेस्टिङ दिएकाे छ।

\"\"

\"\" \"\" डिजिटल नेपाललाई प्राेत्साहन गर्ने उदेश्यले हाेस्टिङ सेवाले व्यक्तिगत प्रयाेजनका लागी निशुल्क अनलिमिटेड वेब हाेस्टिङ दिएकाे छ। यसभित्र अनलिमिटेड एसएसडी वेब स्पेस, अनलिमिटेड ब्याण्डविथ, फ्रि एसएसएल दिएकाे छ।

हाेस्टिङ सेवाले विद्यार्थीकाे लागि भनेर १२ सय रुपैयाँमा २ बर्षकाे लागि डाेमेन दिएकाे छ। जसकाे लागि विद्यार्थीकाे परिचयपत्र काे फाेटाे आवश्यक पर्छ।

हाेस्टिङ सेवाबाट आम्दानि भएकाे १०% रकम दान दिने आर.एस. सफ्टवेयर्स प्रा.लि.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रविन्श शर्मा लामिछानेले लिभिङ विथ आइसिटीलाई जानकारी दिनुभयाे। हाेस्टिङ सेवा आर.एस. सफ्टवेयर्स प्रा.लि.काे एउटा उत्पादन हाे। हाेस्टिङ सेवा बाट तपाईले डाेमेन खरिद गर्न, वेबसाइटकाे हाेस्टिङ र एप हाेस्टिङ लिन सकिने छ।

यसमा क्लाउडफेलर पनि निशुल्क रहेकाे छ। लिभिङ विथ आईसिटी सँग कुरा गदै रविन्स शर्मा लामिछानेले हाेस्टिङ सेवाकाे आगामी याेजना भनेकाे नेपालमा सबै प्रकारकाे हाेस्टिङ सेवा ल्याउने, हाेस्टिङ लिनकै लागि नेपाल बाहिर कसैले पैशा तिर्न र हाेस्टिङ लिन अन्तर्राष्ट्रिय पेमेन्ट काे भर पर्न नपराेस भनेर भन्नुभयाे।

लामिछानेले नेपालभित्रै ठुलाे डाटा सेन्टर खाेल्ने र विदेशीलाई नेपाली सर्भर भाडामा दिने भाबि याेजना रहेकाे हामीलाई बताउनुभयाे। हाेस्टिङ सेवा बाट हाेस्टिङ सुविधा लिन पर्याे भने LWICT76 प्राेमाे काेड प्रयाेग गर्नु भयाे भने १०% छुट पाउनु हुने छ।

होस्टिङ सेवाको अफर र अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुहोस।