कीवर्डहरू -

आगामी बेटा डेक्स्टप एपमा एनिमेट गरेको इमोजी फिचर सार्वजनिक गर्दै ह्वाट्सएप

आगामी बेटा डेक्स्टप एपमा एनिमेट गरेको इमोजी फिचर सार्वजनिक गर्दै ह्वाट्सएप

ह्वाट्सएपले एनिमेट गरेको इमोजीमा काम गरिरहेको छ । ह्वाट्सएपले आफ्नो आगामी बेटा डेक्स्टप एपमा एनिमेट गरेको इमोजी फिचर ल्याउने भएको हो ।

वाबेटा इन्फोले सार्वजनिक गरेको जिआईएफमा हामीले ईमोजी एनिमेसनको रुपमा देख्न सक्छौँ । एनिमेसन भर्सनमा इमोजीहरु उफ्रिने र घुम्ने गर्दछन् ।

कुनै इमोजीको एनिमेट भर्सन अँएपछि तपाईले स्टाटिक इमोजी पठाएता पनि आफै हल्लिने इमोजी सेयर हुनेछ । एनिमेटेड  भर्सनलाई बन्द गर्न मिल्छ की मिल्दैन भनेर अहिले सम्म कुनै जानकारी आएको छैन् ।

यी इमोजीहरुको थोरै फाइल साइज समेत हुनेछ । यसले च्याट फिचरलाई पनि धेरै हदसम्म रमाइलो बनाउन मद्दत पुर्याउने बताइएको छ ।