कीवर्डहरू -

इन्स्टाग्रामको सर्च रिजल्टमा अब विज्ञापन

इन्स्टाग्रामको सर्च रिजल्टमा अब विज्ञापन

इन्स्टाग्रामले सर्च रिजल्टमा विज्ञापन राख्न थालेको छ । यसले व्यवसायहरुलाई प्रवर्द्धन गर्नका लागि थप सहयोग गर्ने कम्पनीको भनाइ छ ।

उदाहरणका लागि तपाईले सर्च बारमा गएर मेकअप लेख्नुभयो भने मेकअप सम्बन्धित स्पोन्सर गरिएको पोस्टहरु आउने छन् ।

यो फिचर अहिले सबैलाई उपलब्ध छैन् । आगामी केही महिनामा विश्वव्यापी रुपमा सार्वजनिक हुने जनाइएको छ ।

एपले विभिन्न ब्राण्डहरुसँग पनि सहकार्य गरेको छ, जसले ती ब्राण्डको कुनै कार्यक्रमहरुको बारेमा कार्यक्रम हुनुभन्दा केही समय अघिनै जानकारी गराउने छ । मेटाको आम्दानी पहिलेको तुलनामा कम भएसँगै एपले पैसा कमाउने अर्काे माध्यमको खोजी गरेको हो ।