कीवर्डहरू -

हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने

हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने

काठमाडौं। हुवावेको नयाँ स्मार्टफोनमा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम नचल्ने भएको छ।

गुगलले हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी फर्मले लाइसेन्स नलिइ चीनको कम्पनी हुवावेसँग व्यवहार गर्न नसक्ने नीति ल्याएपछि गुगलले यो निर्णय गरेको हो।

हुवावेले सुरक्षा अपडेट र प्राविधिक सहयोग पनि गुगलबाट पाउने छैन। हुवावेले ओपन सोर्स लाइसेन्समार्फत एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको भर्सन प्रयोग गर्न भने सक्नेछ।