आजकाल धेरै प्रयोगकर्ता गुगलको लोकप्रिय भिडियो प्लेटफर्म युट्युबमा च्यानल सिर्जना गरेर पैसा कमाउन चाहिरहेका हुन्छन् । हाम्रा वरिपरि यस्ता धेरै कन्टेन्ट क्रिएटरहरू छन्, जसले आफ्नो दैनिक जीवनलाई क्यामेरामा भिडियो मार्फत देखाएर लाखौं आम्दानी गरिरहेका छन् ।
तर,युट्युबमा भिडियो बनाएर पैसा कमाउन त्यति गाह्रो भने छैन् । यसका लागि च्यानल स्थापना गरेपछि मोनिटाइजेसन गर्न आवश्यक छ । यदि तपाई पनि युट्युबमा च्यानल बनाएर पैसा कमाउन चाहनुहुन्छ भने यो लेख तपाईलाई उपयोगी हुन सक्छ ।
कम सब्सक्राइबर भएका प्रयोगकर्ताहरूले कसरी पैसा कमाउन सक्छन् ?
वास्तवमा, युट्युबमा पैसा कमाउने तरिका अब धेरै सजिलो भएको छ । युट्युबले मनेटाइजेसन प्रक्रियालाई सजिलो बनाउँदैछ । युट्युब च्यानल मार्फत पैसा कमाउनको लागि च्यानलमा लाखौं सब्सक्राइबर हुनु आवश्यक छैन् । मिडिया रिपोर्टका अनुसार युट्युब च्यानलमा प्रयोगकर्ताको ५०० सब्सक्राइबर भए पनि च्यानललाई मनेटाइज गर्न सकिन्छ ।
साथै, तपाईंले हरेक महिना धेरै भिडियोहरू अपलोड गर्न आवश्यक पर्दैन् । युट्युबको नयाँ नीति अनुसार अब पछिल्लो ९० दिनमा ३ वटा भिडियो मात्र राखेर पैसा कमाउन सकिने छ । एक वर्षमा ३ हजार वाच आवर वा ९० दिनमा तीन मिलियन सर्ट भ्यूहरू भएता पनि पैसा कमाउन सकिन्छ । यसभन्दा पहिले पहिले यी नियमहरू धेरै कडा थिए । पहिले च्यानल मनेटाइज हुन् १००० सब्सक्राइबर र ४ घण्टा वाचआवर पुगेको हुनुपथ्र्याे ।
युट्युबमा कमाउने प्रक्रिया के हो?
वास्तवमा युट्युबले कन्टेन्ट क्रियटरहरूलाई भिडियोहरू बनाउन प्रेरित गर्नका लागि पनि यी नयाँ नीतिहरु सार्वजनिक गरेको हो । प्रयोगकर्ताले मन पराउने भिडियोहरू बनाइयो भने च्यानलमा सब्सक्राइबरको संख्या बढ्छ । यससँगै च्यानल बढ्न थाल्छ । च्यानलमा दर्शकहरूको संख्या बढ्दै जाँदा, क्रियटरहरूले विज्ञापन र प्रिमियम सब्सिक्रिप्सन मार्फत पैसा कमाउने मौका पाउँछन् ।
युट्युबको मनेटाइजेसनज नीति पालना गरेर, प्रत्येक महिना एक निश्चित मितिमा खातामा युट्युबबाट पैसा प्राप्त हुन्छ । भिडियोमा देखिने विज्ञापनहरूको मद्दतले, प्लेटफर्ममा राजस्व उत्पन्न हुन्छ । यो आम्दानीको केही हिस्सा युट्युबले राखेको हुन्छ भने बाँकी च्यानल निर्माताले पाउँछन् ।