कीवर्डहरू -

मिसकल आउँदा कल ब्याक गर्न सजिलो हुने आइकन ह्वाट्सएपमा सार्वजनिक

मिसकल आउँदा कल ब्याक गर्न सजिलो हुने आइकन ह्वाट्सएपमा सार्वजनिक

मेटाको लोकप्रिय च्याटिंग एप ह्वाट्सएपमा मिस कल आएका लागि कल ब्याक गर्नका निम्ति नयाँ आइकन सार्वजनिक भएको छ ।

यदि तपाईं डेस्कटपमा ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने, यो नयाँ अपडेट तपाईंले प्रयोग गर्न सक्नुहुन्छ । मिस्ड कलहरूको लागि ह्वाट्सएपले नयाँ कल ब्याक बटन ससार्वजनिक गरेको छ ।

बटनमा ट्याप गरेर, प्रयोगकर्ताले तुरुन्तै कल गर्न सकनेछन् । वास्तवमा यो सुविधा मिस्ड कलहरूलाई सजिलै फर्काउनका लागि ल्याइएको हो ।

यो सुविधा प्रारम्भिक चरणमा ह्वाट्सएप विन्डोजहरूको बेटा प्रयोगकर्ताहरूको लागि रोल गरिएको छ । सुविधाको एक स्क्रिनशट पनि वाबेटाइन्फोको एक रिपोर्टमा सेयर गरिएको छ ।

बेटा प्रयोगकर्ताहरूले माइक्रोसफ्ट स्टोरबाट एप अपडेट गर्न सक्छन् । आगामी दिनमा सबै विन्डोज प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू उपलब्ध हुनेछ ।