कीवर्डहरू -

इन्स्टाग्रामको ब्रोडकास्ट च्यानल टुल विश्वव्यापी रूपमा सार्वजनिक 

इन्स्टाग्रामको ब्रोडकास्ट च्यानल टुल विश्वव्यापी रूपमा सार्वजनिक 

इन्स्टाग्रामले आफ्नो ब्रोडकास्ट च्यानल टूल विश्वव्यापी रूपमा सार्वजनिक गरेको छ । यसले क्रियटरहरूलाई आफ्ना फलोअरहरूसँग प्रत्यक्ष रूपमा अन्तर्क्रिया गर्नका लागि नयाँ तरिका दिनेछ ।

फेब्रुअरीमा, इन्स्टाग्रामले सिर्जनाकर्ताहरूलाई आफ्ना फलोअरहरूसँगको सम्बन्धलाई अझ गहिरो बनाउन मद्दत गर्न ब्रोडकास्ट च्यानल टूलको परीक्षण गर्न थालेको थियो ।

कम्पनीले ब्रोडकास्ट च्यानलमा सन्देश पठाउन सक्ने सुविधा समेत सार्वजनिक गरेको छ, जुन सिर्जनाकर्ताहरूले आफ्ना सबै फलोअरहरूलाई टेक्स्ट, भिडियो, र फोटो अपडेटहरू सेयर गर्न आमन्त्रित गर्न सक्छन् ।

यस उपकरणको साथ, क्रियटरहरूले भ्वाइस नोटहरू पनि प्रयोग गर्न सक्छन् । यस्तै बिहाइण्ड द सीन किलपहरु पनि ब्रोडकास्ट च्यानलबाट सार्वजनिक गर्न सकिन्छ । इन्स्टाग्राम ब्रोडकास्ट च्यानल क्राउडसोर्स फ्यान प्रतिक्रियाको लागि पोल सिर्जना गर्न समेत प्रयोग गर्न सकिने समेत सुविधा उपलब्ध छ ।

एक पटक एक निर्माताले ब्रोडकास्ट च्यानल सुरु गरेर इन्स्टाग्राम इनबक्सबाट पहिलो सन्देश पठाएपछि फलोहरहरुले यस च्यानलमा सहभागी हुने रिक्वेस्ट प्रापत गर्नेछन् ।

यसका साथै जो कोहीले पनि इन्स्टाग्राम ब्रोडकास्ट च्यानल खोज्न र सामग्री हेर्न सक्छन्, तर च्यानलमा सामेल हुने फलोहरहरूले नयाँ अपडेटहरु आएमा नोटिफिकेसन समेत प्राप्त गर्नेछन् ।