कीवर्डहरू -

ह्वाट्सएपमा अब फाइल छनौट गर्दा नम्बर देखाउने

ह्वाट्सएपमा अब फाइल छनौट गर्दा नम्बर देखाउने

लोकप्रिय च्याटिङ एप ह्वाट्सएप विश्वभर लाखौं प्रयोगकर्ताहरूद्वारा प्रयोग गरिन्छ । यो च्याटिङ एप एक साधारण इन्टरफेस संग आउँछ । यही कारणले गर्दा धेरै प्रयोगकर्ताले ह्वाट्सएप मन पराउँछन् ।

वाबेटा इन्फोको रिपोर्ट अनुसार, ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ग्यालरीबाट फाइलहरू हेर्न सक्नेछन्, जसमा मिडिया फाइलहरू सेलेक्ट गर्दा कति ओटा भएका छन् भनेर हेर्न सकिन्छ ।

यसको अर्थ प्रयोगकर्ताले कति ओटा फाइल पठाउँदै छन्, त्यो नम्बरसहित स्मार्टफोनको स्क्रिनमा देख्न सकिन्छ ।वाबेटा इन्फोको यो पछिल्लो रिपोर्टमा स्क्रिनसट पनि सेयर गरिएको छ ।

यो स्क्रिनसटमा अब मिडिया फाइल पठाउँदा टिकको सट्टा फाइलहरू चयन गरेको नम्बरिङ पनि आउने छ ।ह्वाट्सएपको नयाँ अपडेट हाल परीक्षण चरणमा छ । यो नयाँ परिवर्तन ह्वाट्सएपको यो फिचर एन्ड्रोइड बेटा टेस्टरहरूको लागि मात्र उपलब्ध छ ।

बेटा परीक्षकहरूले ह्वाट्सएप बेटा संस्करण २.२३.१३.६ इन्स्टल गरेमा नयाँ अपडेट प्राप्त गर्न सक्छन् । यो अपडेट आगामी दिनहरूमा च्याटिङ एप एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि रोल आउट हुनेछ ।