कीवर्डहरू -

एल्बम अर्काइभ फिचर सधैंका लागि बन्द गर्दै गूगल

एल्बम अर्काइभ फिचर सधैंका लागि बन्द गर्दै गूगल

गुगलले आफ्नो एल्बम अर्काइभ फिचर सधैंका लागि बन्द गर्न लागेको छ । गूगलले यो जानकारी प्रयोगकर्ताहरूलाई मेलमार्फत पठाइरहेको छ, जसमार्फत प्रयोगकर्ताहरुले आफ्नो डाटा ब्याकअप राख्न सक्नेछन् ।

यदि तपाईंले त्यस्तो कुनै मेल प्राप्त गर्नुभएको छैन भने पनि गूगलले कुनै पनि बेला पठाउन सक्नेछ । गुगलले आफ्नो आधिकारिक गुगल सपोर्ट पेजमा एल्बम आर्काइभ फिचरको बारेमा पछिल्लो अपडेट दिएको छ ।

गुगलले गुगल एल्बम अर्काइभ फिचर जुलाई १९ मा बन्द हुने जानकारी कम्पनीको ब्लग पोस्टमा दिइएको छ ।

तर, गुगलको यो सुविधा बन्द हुनुअघि नै प्रयोगकर्तालाई आफ्नो डाटा ब्याकअप तयार गर्न अलर्ट दिइएको छ ।

गुगल एल्बम अर्काइभ डाटा कसरी डाउनलोड गर्ने?

गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई एल्बम आर्काइभ डाटा डाउनलोड गर्न सुविधा दिइरहेको छ । यसका लागि कम्पनीले लिङ्क क्लिक गर्न मिल्ने सुविधा ल्याएको छ । लिङ्कमा क्लिक गर्दा, प्रयोगकर्ताले आफ्नो एल्बम आर्काइभको डाटा डाउनलोड गर्न सक्नेछन् ।

गुगल एल्बम आर्काइभ डाटाको लागि लिङ्क कहाँ प्राप्त गर्ने?

गुगल एल्बम अर्काइभ डाटा डाउनलोड गर्ने लिङ्क गूगलद्वारा मेलमार्फत पठाइँदैछ । यद्यपि, गूगलबाट मेल प्राप्त नगरेका गूगल प्रयोगकर्ताहरूले डाटा डाउनलोड गर्न गूगलको सपोर्ट पेजमा जान सक्छन् ।

यहाँ प्रयोगकर्ताले डाउनलोडिङ लिङ्क देख्नेछन्, यो लिङ्कमा क्लिक गरेर डाटा डाउनलोड गर्न र सुरक्षित राख्न सकिने छ ।