कीवर्डहरू -

ट्विटरमा अब इन्स्टाग्रामको जस्तै हाइलाइट फिचर

ट्विटरमा अब इन्स्टाग्रामको जस्तै हाइलाइट फिचर

ट्विटरमा हाइलाइट फिचर उपलब्ध हुने भएको छ  । इन्स्टाग्रामको जस्तै हाइलाइट फिचर अब ट्विटरको समेत उपलब्ध हुने भएको छ ।

एक ट्विटर प्रयोगकर्ता डोज डिजाइनरले यस नयाँ फिचरको बारेमा जानकारी दिएका थिए । तर, केही समयपछि एलन मस्कले पनि यो ट्विट रिट्विट गरेका छन् । अर्थात् नयाँ फिचरको आगमनलाई ट्विटरले पनि पुष्टि गरेको छ ।

ट्वीटरको नयाँ फिचर प्रयोगकर्तालाई मनपर्ने ट्वीट देखाउने सुविधासहित ल्याइने भएको हो  । ट्विटर प्रयोगकर्ताहरूले हाइलाइट्स सुविधाको मद्दतले आफ्नो मनपर्ने ट्वीटहरू छुट्टै ट्याबमा प्रदर्शन गर्न सक्नेछन् ।

वास्तवमा यो सुविधा इन्स्टाग्राममा हाइलाइटहरूमा स्टोरी एड गरेको जस्तै हो । फलोअरहरूले यी हाइलाईट्स तपाईको पेजमा जुनसुकै समय पनि हेर्न सक्नेछन् ।

ट्विटर हाइलाइट फिचर प्रयोग गर्न, पहिले तपाईंले हाइलाइट गर्न चाहनुभएको ट्वीटहरू छनोट गर्नुपर्छ । यसपश्चात ट्वीटको माथिल्लो दायाँ कुनामा तीनवटा थोप्लाहरूमा क्लिक गर्नुपर्नेछ ।

तपाईले अप्सनमा क्लिक गर्ने बित्तिकै मेनु अप्सन देखा पर्नेछ । हाइलाइटहरूबाट एड अर रिमुभ फ्रम हाइलाइट्स भन्ने अप्सन चयन गर्नुपर्नेछ ।

यो गर्ने बित्तिकै तपाईको मनपर्ने ट्वीट हाइलाइटमा देखापर्नेछ । ट्विटरमा ल्याएको नयाँ फिचर ट्वीटरका सशुल्क सब्सक्राइबरहरूका लागि मात्र ल्याइएको हो । ट्वीटर सित्तैमा प्रयोग गर्ने प्रयोगकर्ताहरूले यो सुविधा प्रयोग गर्न सक्ने छैनन् ।