कीवर्डहरू -

ह्वाट्सएपमा \'साइलेन्स अननोन कलर फिचर\' उपलब्ध हुने

ह्वाट्सएपमा \'साइलेन्स अननोन कलर फिचर\' उपलब्ध हुने

च्याटिङ एप ह्वाट्सएपले आधिकारिक ब्लग पोस्टबाट प्रयोगकर्ताहरूका लागि नयाँ गोपनीयता सुविधाको घोषणा गरेको छ ।

यससँगै मेटाका सीईओ मार्क जुकरबर्गले ह्वाट्सएप प्रयोगकर्ताका लागि नयाँ प्राइभेसी फिचरको पनि घोषणा गरेका छन् । जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक अकाउन्टबाट नयाँ फिचरको जानकारी दिएका हुन् ।

कम्पनीका सीईओ जुकरबर्गले प्रयोगकर्ताहरुका लागि साइलेन्स अननोन कलर सुविधाको घोषणा गरेका छन् । यसअघि ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि लक च्याट फिचर ल्याएको थियो ।

के हो साइलेन्स अननोन कलर फिचर, कसरी काम गर्छ ?

ह्वाट्सएपको नयाँ फिचरको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो ह्वाट्सएपमा अननोन वा अज्ञात कलहरूको बारेमा विशेष सेटिङ सेट गर्न सक्नेछन् । आफ्नो अकाउन्टमा अज्ञात नम्बरहरूबाट अनावश्यक कलहरू प्राप्त गर्ने ह्वाट्सएप प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याइएको हो ।

यो सुविधा मार्फत, अज्ञात नम्बरहरूबाट आउने कलहरू गोपनीयता सेटिङमा गएर साइलेन्स गर्न सकिन्छ । यो सुविधा सुचा्ररु भएपछि, अज्ञात नम्बरहरूबाट आउने कलहरू स्वतः मौन हुनेछन् । अर्थात्, यस फिचरले गर्दा प्रयोगकर्ताको फोन बज्दैन् । फोन नबजेता पनि यी कलहरूको जानकारी एपमा उपलब्ध हुनेछ, जसले गर्दा कुनै महत्त्वपूर्ण कल मिस हुदैन् ।

ह्वाट्सएपको नयाँ गोपनीयता सुविधा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूको लागि उपलब्ध गरिएको हो । गुगल प्ले स्टोरबाट एपको पछिल्लो अपडेट इन्स्टल गरेपछि प्रयोगकर्ताले नयाँ फिचर प्रयोग गर्न सक्नेछन् । अर्कोतर्फ, आइओएस प्रयोगकर्ताहरूले एप स्टोरबाट नयाँ अपडेट इन्स्टल गर्न सक्छन् ।