कीवर्डहरू -

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन बेच गर्न भटभटे एप

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन बेच गर्न भटभटे एप

काठमाडौं। एएम नेपाल प्रालीले 'भटभटे एप' ल्याएको छ। जसबाट सेकेण्ड ह्याण्ड मोटरसाइकल  घरमै बसेर किन बेच गर्न सकिने छ।

भटभटेमा मोटरसाइकल बेच्न को लागी आफ्नो मोटरसाइकलको विवरण पोष्ट गर्नु पर्ने हुन्छ। एन्ड्रोइड फोन हुनेले गुगल प्ले स्टोर र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गएर 'भटभटे एप' निशुल्क डाउनलोड गर्न सक्नेछन।

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्न चाहनेले सिधा बिक्रेतालाई अनलाइन सम्पर्क गरेर पनि किन्न सक्नेछ। अहिले यो सेवा निशुल्क रहेको छ।

३० हजार प्रयोगकर्ताले भटभटे एप डाउनलोड गरेपछि र २ हजार भन्दा धेरैले मोटरसाइकल पोष्ट गरेपछि भने मोटरसाइकल पोष्ट गर्न केहि शुल्क लाग्ने छ।

त्यसपछि मोटेसाइकल पोष्ट गर्न प्रति बाइक रु ५०० शुल्क लाग्‍ने छ। अहिले भटभटे एप २० हजार प्रयोगकर्ताले  प्रयोग गरिरहेका छन।