कीवर्डहरू -

अब एआइले लिङ्क्डइनमा कन्टेन्ट लेख्न सघाउने

अब एआइले लिङ्क्डइनमा कन्टेन्ट लेख्न सघाउने

एआई टेक्नोलोजीको प्रयोगले धेरै प्रयोगकर्ताको काम पहिले भन्दा सजिलो बन्दै गएको छ । अब यही सहजीकरणलाई लिंकडइनमा पनि ल्याइएको छ किनभने अब तपाईले लिंकडइनमा पोष्टहरू लेख्न एआइको मद्दत लिन सक्नुहुनेछ ।

माइक्रोसफ्ट र लिंक्डइनले जेनेरेटिभ एआईको साथ प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिने प्रयासका निमित एआईको मद्दतले लिंकड इनमा कन्टेन्ट जेनेरेट गर्न सक्ने फिचर ल्याएको हो । मिडिया रिपोर्टका अनुसार कम्पनीका एक कर्मचारीले नयाँ फिचरको बारेमा जानकारी दिएका छन् ।

प्लेटफर्ममा रहेको एआई फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो नेटवर्कमा सेयर गर्न चाहेको पोस्टहरू लेख्न मद्दत गर्नेछ । लिंकडइनमा प्रडक्ट निर्देशक केरेन बारुचद्वारा यो जानकारी प्राप्त गरिएको हो ।

यस पोष्टमा, जेनेरेटिभ एआईको प्रयोग लिंकडइन सेयर बक्स मार्फत परीक्षण भइरहेको छ । एआइको मद्दतले पोस्ट टाइप गर्न, प्रयोगकर्ताले पहिले केहि शब्दहरूमा के बारेमा पोस्ट गर्न खोजेको बारेमा बताउनुपर्छ । प्रयोगकर्ताले आफूलाई चाहिएको कन्टेन्टको बारेमा ३० शब्दमा जानकारी दिनुपर्नेछ ।

त्यसपछि एआइ फिचरले बाँकी पोस्टहरूमा काम गर्नेछ । एआइ फिचरले यी शब्दहरूलाई इनपुटको रूपमा प्रयोग गरेर ड्राफ्ट उत्पन्न गर्छ ।

प्रयोगकर्ताले एआइमार्फत टाइप गरिएको सामग्रीको समीक्षा गर्न पनि सक्ने छन् । यसबाहेक, प्रयोगकर्ताले यसलाई आफ्नो अनुसार सम्पादन गर्न पनि सक्छन् ।

यद्यपी, यस्तो सुविधा रोल आउट गर्नु अघि परीक्षण भइरहेको छ । यो परीक्षण पछि मात्र प्रयोगकर्ताहरूका लागि यो फिचर उपलब्ध हुनेछ ।