कीवर्डहरू -

प्रयोगकर्ताको डेटा चोर्दै टेलिग्रामको नाममा बनाइएको मालवेयर एन्ड्रोइड एप

प्रयोगकर्ताको डेटा चोर्दै टेलिग्रामको नाममा बनाइएको मालवेयर एन्ड्रोइड एप

साइबर–सुरक्षा अनुसन्धानकर्ताहरूले टेलिग्रामको नाम प्रयोग गर्दै बनाइएको मालवयेर एपले प्रयोगकर्ताको डेटा चोरीरहेको पत्ता लगाएका छन् ।

रिपोर्टहरूको अनुसार एपको परिमार्जित संस्करण ट्रोजन ट्रियाडासँग लिङ्क तथा खराब कोडको साथ इम्बेड गरिएको छ ।

साइबर–सुरक्षा फर्म चेक पोइन्टको मोबाइल अनुसन्धान टोलीका अनुसार यस खतरनाक एप भित्र मालवेयरले पीडितहरूलाई विभिन्न एपहरुको सबिसक्रिप्सनमा साइन अप गरिदिन, अनाधिकृत इन–एप खरिदहरू गर्न र लगइन पासवर्डरू चोरी गर्ने हिसाबले डिजाइन गरिएको छ ।

मालवेयरले चलाखीपूर्वक आफूलाई टेलिग्राम मेसेन्जरको नयाँ संस्करण, विशेष गरी संस्करण ९.२.१ को रूपमा देखाउने गरेको छ । यसमा टेलिग्रामकै लोगो प्रयोग गरिएकाले धेरैले यस मालवेयरलाई पनि वास्तविक टेलिग्राम एपनै ठान्ने गरेका छन् ।

प्रयोगकर्ताहरूले एप खोलेपछि टेलिग्रामको भेरिफिकेसन स्क्रिन खुल्ने गर्दछ, जहाँ प्रयोगकर्ताहरूलाई आफ्नो उपकरणको फोन नम्बर प्रविष्ट गर्न र एपलाई फोन परमिसन दिन माग गर्ने गरिन्छ ।

अनुमति दिने बित्तिकै यसले डाटा चोरी गर्न थाल्छ । चोरी गरिसकेपछि मालवेयरले कन्फिगरेसन फाइल डाउनलोड गरेर आफ्नो सर्भरमा पठाउँछ ।

स्मार्टफोनलाई मालवेयरबाट जोगाउन यस्तो गर्नुहोस्

  • सधैं विश्वसनीय स्रोतहरूबाट एपहरू डाउनलोड गर्नुहोस्, तेस्रो पक्षहरूबाट एपहरू डाउनलोड नगर्नुहोस् ।
  • डाउनलोड गर्नु अघि, एपको विकासकर्ता को हो भनी प्रमाणित गर्नुहोस् ।
  • डाउनलोड गर्नु अघि, तपाईंले त्यो एपको रेटिंग जाँच गर्ने बानी बसाल्नुहोस् ।
  • इन्स्टल गरिएको एपद्वारा अनुरोध गरिएको अनुमतिहरू जाँच गर्न निश्चित गर्नुहोस्।मागिएको एप परमिसनहरुलाई चेक गर्नुपर्छ ।