कीवर्डहरू -

भेरिफाई नभएका प्रयोगकर्ताले अब दिनमा एक हजार ट्वीट मात्रै पढ्न पाउने

अकाउन्टबिना अब शेयर गरिएका ट्विटर पढ्न नपाइने

भेरिफाई नभएका प्रयोगकर्ताले अब दिनमा एक हजार ट्वीट मात्रै पढ्न पाउने

ब्लुटिक नभएका प्रयोगकर्ताले अब दिनमा एक हजार ट्वीट मात्रै पढ्न सक्ने भएका छन् । ट्विटरका मालिक एलन मस्कले अबदेखि प्रमाणित भएका प्रयोगकर्ताले दिनमा १० हजार, प्रमाणित नभएका प्रयोगकर्ताले १ हजार र नयाँ अकाउन्टले ५०० ट्विट पढ्न सक्ने छन् ।

सुरूमा एलन मस्कले एक ट्विट गर्दै भुक्तान गरिएको अर्थात ब्लू टिक प्रयोगकर्ताहरूले एक दिनमा ६ हजार ट्विट, अप्रमाणित अकाउन्ट वा ब्लु टिक नभएको अकाउन्टले ६०० र अकान्ट खोलेको ३० दिन नपुगेका नयाँ अप्रमाणित प्रयोगकर्ताले ३०० ट्विट पढ्न पाउने व्यवस्था गरेका थिए ।

यो ट्विटको केही समयपछि मस्कले ब्लुटिक प्रयोगकर्ताका लागि पोस्ट पढ्ने सीमा बढाएर ८,०००, अप्रमाणित वा ब्लु टिक नभएका अकाउन्टका लागि ८०० र नयाँ अप्रमाणित प्रयोगकर्ताका लागि ४०० पुर्‍याएका थिए ।

पुनः मस्कले केही घण्टापछि अर्को ट्वीट गर्दै अब ब्लुटिक प्रयोगकर्ताले एक दिनमा १०,००० पोष्ट, अप्रमाणित खाताहरूले १,००० र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले ५०० ट्विट पढ्न सक्ने बताएका छन् ।

कम्पनीको पछिल्लो अपडेट अहिले लागू भएको छ । यदि कुनै प्रयोगकर्ताले निश्चित सीमा नाघ्यो भने, उसले ट्विटरसँग सम्बन्धित कुनै पनि सामग्री हेर्न सक्ने छैन ।

यो सीमा ट्विटरमा खाता हुने व्यक्तिहरूको लागि मात्रै हो । ट्विटरमा खाता नभएका व्यक्तिहरूले प्लेटफर्मसँग सम्बन्धित कुनै पनि सामग्री पहुँच गर्न सक्ने छैनन् ।

ट्विटर अहिलेसम्म पूर्ण रूपमा खुला प्लेटफर्म थियो, अर्थात्, ट्विटरमा अकाउन्ट नभएका मानिसहरूले पनि सेयर गरिएको ट्वीट वा महत्त्वपूर्ण ट्वीटहरू हेर्न सक्थे ।

यसका लागि उनीहरूलाई लगइन वा अकाउन्ट बनाउन आवश्यक पर्दैन थियो । तर अब मस्कले यसलाई परिवर्तन गरेका छन् र ट्विटरको लागि क्याटेगरी सीमा तोकेका छन् ।

पैसा तिरेर नीलो टिक किन्ने व्यक्तिले एक दिनमा अधिकतम ट्वीट पढ्न सक्नेछन्, निःशुल्क प्रयोगकर्ताले केही ट्वीट मात्रै हेर्न सक्नेछन् ।

डेटा चोरी रोक्नका लागि कन्टेन्ट पहुँच सिमित बनाएको मस्कको दावी छ । अहिलेसम्म जो कोहीले ट्विटरमा पहुँच गर्न सक्थे, जसका कारण ट्विटरको डेटा धेरै ठाउँमा फैलिएको थियो । एआई टुल्स आएपछि डेटा चोरी झनै तिब्र गतिमा बढ्दै गएपछि मस्कले यो महत्वपूर्ण निर्णय लिएका हुन् ।