कीवर्डहरू -

अब ट्वीटरमा ब्लु टिक नभएको प्रयोगकर्ताले एक दिनमा एक हजार ओटा ट्वीटर मात्रै हेर्न सक्ने

अब ट्वीटरमा ब्लु टिक नभएको प्रयोगकर्ताले एक दिनमा एक हजार ओटा ट्वीटर मात्रै हेर्न सक्ने

ट्विटर अहिलेसम्म पूर्ण रूपमा खुला प्लेटफर्म थियो, अर्थात्, ट्विटरमा अकाउन्ट नभएका मानिसहरूले पनि सेयर गरिएको ट्वीट वा महत्त्वपूर्ण ट्वीटहरू हेर्न सक्थे । यसका लागि उनीहरूलाई लगइन वा अकाउन्ट बनाउन आवश्यक पर्दैन थियो । तर अब मस्कले यसलाई परिवर्तन गरेका छन् र ट्विटरको लागि क्याटेगरी सीमा तोकेका छन् ।

पैसा तिरेर नीलो टिक किन्ने व्यक्तिले एक दिनमा अधिकतम ट्वीट पढ्न सक्नेछन्, निःशुल्क प्रयोगकर्ताले केही ट्वीट मात्रै हेर्न सक्नेछन् ।

मस्कको ट्वीटको अनुसार भुक्तान गरिएको अर्थात ब्लू टिक प्रयोगकर्ताहरूले एक दिनमा ६ हजार पोष्टहरू हेर्न सक्ने बताएका छन् । त्यसैगरी अप्रमाणित अकाउन्ट वा ब्लु टिक नभएको अकाउन्टले ६०० र ३० दिनभन्दा कम समय भएका नयाँ अप्रमाणित प्रयोगकर्ताले ३०० पोष्ट मात्र हेर्न सक्नेछन् । यो सीमा ट्विटरमा खाता हुने व्यक्तिहरूको लागि मात्रै हो । ट्विटरमा खाता नभएका व्यक्तिहरूले प्लेटफर्मसँग सम्बन्धित कुनै पनि कुरा पहुँच गर्न सक्ने छैनन् ।

यो ट्विटको केही समयपछि मस्कले ब्लु टिक प्रयोगकर्ताका लागि पोस्ट पढ्ने सीमा चाँडै नै बढाएर ८,०००, अप्रमाणित वा ब्लु टिक नभएका अकाउन्टका लागि ८०० र नयाँ अप्रमाणित प्रयोगकर्ताका लागि ४०० पु¥याउने बताएका छन् ।

एलन मस्कले केही घण्टापछि अर्को ट्वीट गर्दै अब ब्लु टिक प्रयोगकर्ताले एक दिनमा १०,००० पोष्टहरू, अप्रमाणित खाताहरूले १,००० र नयाँ अप्रमाणित प्रयोगकर्ताहरूले एक दिनमा ५०० पोस्ट पढ्न सक्ने बताएका छन् । कम्पनीको पछिल्लो अपडेट अहिले लागू भएको छ । यदि कुनै प्रयोगकर्ताले निश्चित सीमा नाघ्यो भने, उसले ट्विटरसँग सम्बन्धित कुनै पनि सामग्री हेर्न सक्नेछैन् ।

मस्कले डाटा चोरी रोक्नको लागि यो कदम उठाएका हुन् । अहिलेसम्म जो कोहीले प्लेटफर्ममा पहुँच गर्न सक्थे, जसका कारण ट्विटरको डाटा धेरै ठाउँमा फैलिएको थियो । एआई टुल्स आएपछि डेटा चोरी झनै तिब्र गतिमा बढ्दै गएपछि मस्कले यो महत्वपूर्ण निर्णय लिएका हुन् ।