कीवर्डहरू -

अब ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने

अब ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने

लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा अब दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । ट्विटरका मालिक मस्कले हालै एक ट्वीटको जवाफ दिँदै दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने फिचरको परिचय दिएका छन् ।

समाचार एजेन्सीआइएएनएसको पछिल्लो रिपोर्ट अनुसार यो फिचर ट्विटर प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट इन्स्टल गरेपछि प्राप्त गर्न सकिन्छ ।

एलन मस्कले अमेरिकी हास्य कलाकार र पोडकास्टर 'थियो भोन'को ट्वीटको जवाफ दिँदै अब ट्वीटरमा पनि लामो अवधिको भिडियोहरू पोस्ट गर्न सकिने बताएका छन् । भोनले दुई घण्टा ३४ मिनेटको पोडकास्ट पनि ट्वीटरमा अपलोड गरेका छन् ।

यही क्रममा लेक्स फ्रिडम्यान नामका एक ट्विटर प्रयोगकर्ताले थियो भोनको समर्थन गर्दै ट्वीटरमा ३ घण्टाभन्दा बढीको पोडकास्ट भिडियो अपलोड गर्ने सुविधा हुनुपर्ने बताएका थिए । उक्त ट्विटको जवाफ दिदै एलन मस्कले ३ घण्टाको भिडियो अपलोड गर्न सकिने फिचर पनि ल्याउने बताएका थिए ।

मस्कको यो जवाफको जवाफ दिँदै भोनले मस्कलाई धन्यवाद समेत दिएका छन् र यस्ता फिचर ल्याउने बारेमा जानकारी दिन पनि आग्रह गरेका छन् ।

गत मे महिनामा ट्वीटर ब्लू भेरिफाइड सब्सक्राइबरका लागि २ घण्टाको भिडियो अपलोड गर्ने सुविधा दिइएको थियो ।

यति मात्र होइन, प्रयोगकर्ताका लागि भिडियो फाइल साइजको सीमा पनि २ जीबीबाट बढाएर ८ जीबी बनाइएको छ ।

अधिकतम भिडियो अपलोड गुणस्तरको बारेमा कुरा गर्दा हाल १०८० पिक्सेलमा भिडियो अपलोड गर्न मिल्छ । यो सुविधा ट्विटरका सःशुल्क प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध छ ।