कीवर्डहरू -

ट्विटरसँग प्रतिस्पर्धा गर्न थ्रेड्स एप ल्याउँदै मेटा

ट्विटरसँग प्रतिस्पर्धा गर्न थ्रेड्स एप ल्याउँदै मेटा

मेटाले ट्विटरसँग प्रतिस्पर्धा गर्न आफ्नो नयाँ एप सार्वजनिक गर्ने तयारी गरेको छ । फेसबुकको मूल कम्पनी मेटाले ट्विटरको प्रतिस्पर्धी थ्रेड्सलाई जुलाई ६ मा सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।

एप्पलको एप स्टोरमा भएको लिस्ट अनुसार थ्रेड्सले प्रयोगकर्तालाई सामाजिक सञ्जाल र छलफलहरूको लागि वैकल्पिक प्लेटफर्म प्रदान गर्ने उद्देश्य बोकेको छ ।

फोर्ब्सको रिपोर्टका अनुसार यो एप सुरुमा युरोपमा सोमबार बिहान गुगल प्ले स्टोरमा फेला परेको थियो र पछि सोमबार राती तिर एप्पल एप स्टोरमा समेत उपलब्ध भएको थियो ।

नयाँ मिडिया रिपोर्टहरूको अनुसार मेटाले थ्रेडलाई थप समावेशी र स्मार्ट प्लेटफर्म बनाउन चाहेको छ । थ्रेडमा इन्स्टाग्राम र ट्वीटर दुवै सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।